बढीमा ५ वर्ष हो म राजनीतिमा रहने : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरु युवा पुस्तालाई अघि बढाउँदै लैजाने पक्षमा रहेको बताए।

‘माधव नेपाल आजीवन राजनीति गर्दैन, प्रष्ट भए हुन्छ। मैले त अहिले नै केपी ओलीलाई विदा गरेर युवा पुस्ताले पार्टी सम्हालोस् भनेर भनेकै थिएँ’, नेपालले भने, ‘मेरो अहिले मोटो कुरा के छ भने, चुनावपछिको आउने ५ वर्ष मात्रै म राजनीतिमा रहन्छु भनेर मैले भन्या छु।

अहिले साथीहरुले त्यसो नभन्दिनु है भनिरहनुभएको छ। बुढो हुँदा, लौरो टेक्दा पनि पदमा बसिरहने मेरो चाहना छैन।

नेता नेपाल ६८ वर्ष पुगेका छन्। उनले युवा पुस्तालाई तल्लो तहदेखि नै पार्टीमा गोलबद्ध गरेर लैजाने गरी विधानमा व्यवस्था गरिएको पनि बताए।

बढीमा ५ वर्ष हो म राजनीतिमा रहने : माधव नेपाल

‘काँडेतार’मा भित्रिए गौरव

Leave a comment

Your email address will not be published. Required fields are marked *