ठाटीकाँधका अध्यक्ष धिरबहादुर शाहीले एम्बुलेन्स दिन नमान्दा शिशुको ज्यान गयो

अमर सुनार 

दैलेख । जिल्लाकाे ठाटीकाँध गाउँपालिका-५ तोलीजैसीमा एम्बुलेन्स अभावमा एक शिशुको ज्यान गएको छ। एम्बुलेन्स अभावकै कारण ठाटीकाँध स्थित तोलीजैसीमा मञ्जु विककी डेढ महिने छोरीको ज्यान गएको हो।

डेढ महिने छोरीमा अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि मञ्जुले प्राथमिक सस्वास्थ केन्द्र लकान्द्रमा पुर्‍याएकी थिइन्। प्राथमिक स्वास्थ केन्द्रले सक्दो उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको थियो।

प्राथमिक स्वास्थ केन्द्रले सुर्खेत रेफर गर्दा आफन्तले एम्बुलेन्स खोज्न थाले। त्यसका लागि गाउँपालिकालाई अनुरोध गरियो। तर, गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले एम्बुलेन्सको भाडा स्वरुप ९ हजार रूपैयाँ अग्रिम भुक्तानी मागे। शिशुका आफन्तसँग तुरुन्तै एम्बुलेन्सलाई दिनका लागि पैसा थिएन।

शिशुका आफन्तले गाउँपालिका अध्यक्ष शाहीलाई पहिले बालिकालाई अस्पताल पुर्‍याउ अनी पैसाको जोहोमा लागौला भन्दा उनले मानेन्। गाउँपालिका अध्यक्ष शाहीले ९ हजार रुपैयाँ अग्रिम पाएपछि मात्रै एम्बुलेन्स पठाउने अड्डि कसे।

शिशुका आफन्तसँग तत्काल ९ हजार रूपैयाँ थिएन। त्यसपछि उनीहरू सहयोगका लागि प्रहरी कहाँ पुगे। प्रहरीको सहयोगमा ८ घण्टापछि एम्बुलेन्स प्रदेश अस्पताल पठाइयो। त्यति गर्दा नवजात शिशुको अवस्था निकै नाजुक बनिसकेको थियो। एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशुको ज्यान गयो।

पीडितका आफन्तले समयमै गाउँपालिकाले सहयोग गरेको भए शिशुको ज्यान बच्ने बताएका छन्। तर, गाउँपालिका अध्यक्ष शाहीले आफ्नो कमजोरी अस्वीकार गरे।

‘एम्बुलेन्स उपलब्ध गराइएन भन्ने कुरा गलत हो। एम्बुलेन्सका ड्राइभर किशोर विक हुन्। उनले पैसा मागेका हुन्। म कहाँ त्यो कुरा पुगिसकेपछि मैले एम्बुलेन्स लैजान भनेको थिए। तर पनि उनले मानेनछन्’, शाहीले भने।

शाहीले आफू बिरामी रहेकाले घरमै आराम गरिरहेको प्रतिक्रिया दिएका छन्। उनले आफूले नै प्रहरीसँग समन्वय गरेर एम्बुलेन्सको व्यवस्था गरेको दाबी गरेका छन्।

‘बेलुकी साढेसात बजेतिर नै एम्बुलेन्स सुर्खेतका लागि हिडेको हो। मैले सक्दो सहयोग गरेको हुँ। अरु बनावटी कुरा हुन्’, उनले भने।

स्थानीयका अनुसार ठाटीकाँध गाउँपालिका-५ तोलीजैसीबाट सुर्खेत पुग्न एम्बुलेन्सलाई बढिमा पाँच घण्टा लाग्छ। ‘आठ बजे एम्बुलेन्स हिडेको भए पनि १ बजे सुर्खेत पुग्नुपर्थ्यो। तर, शिशुको ज्यान बिहान ४ बजे बिचबाटोमै गएको छ। यसले पनि गाउँपालिका अध्यक्षले झुठा बोलिरहेको पुष्टि हुन्छ’, बिरामीका आफन्तको गुनासो छ।

ठाटीकाँधका अध्यक्ष धिरबहादुर शाहीले एम्बुलेन्स दिन नमान्दा शिशुको ज्यान गयो

संकटमा राउटे समुदायको अस्तित्व, मदिराको कुलतले बढ्यो

ठाटीकाँधका अध्यक्ष धिरबहादुर शाहीले एम्बुलेन्स दिन नमान्दा शिशुको ज्यान गयो

बढीमा ५ वर्ष हो म राजनीतिमा रहने

Leave a comment

Your email address will not be published. Required fields are marked *