७८ रनमा समेटियो भारत

काठमाडौं : पाहुना टोली भारत इंग्लिस बलरसामु निरीह सावित भएको खेलमा पहिलो दिननै ब्याटिङ गरेको इंग्ल्यान्डका ब्याटसम्यान सामू बलर पनि निरीह देखिएका छन्।

इंग्ल्यान्डमा जारी ५ खेलको टेस्ट सिरिजको तेस्रो खेलको पहिलो इनिङमा भारत पहिलो दिननै ७८ रनमा अलआउट भयो। टस जितेर पहिलो ब्याटिङ गरेको भारत सुरुवातबाटै लयविहिन रह्यो।

७८ रन जोडेको भारत इंग्ल्यान्डसँग तेस्रो तथा समग्रमा नवौं कम स्कोर को सिकार भयो। भारतको सर्वाधिक कम स्कोर ३६ रन रहेको छ। जुन गत वर्ष अस्ट्रेलिया विरुद्ध बनाएको थियो।

जहाँ भारतीय टीमले इंग्ल्यान्ड विरुद्ध भने १९७४ मा ४२ रन तथा १९५२ मा ५८ रन बनाएको थियो। भारतीय टीम टेस्टमा २६ औ पटक १०० भन्दा कम स्कोरमा समेटियो।

२५ बलमा ५ विकेट

भारतले आफ्ना अन्तिम पाँच विकेट केवल २८ मिनेट भित्र २५ बल खेल्दै ११ रन जोड्दा गुमाउन पुग्यो। रोहित शर्मा टिमको स्कोर ६७ रनको अवस्थामा १९ रन बनाएर आउट भए। भारतका केवल २ खेलाडीले मात्र दोहोरो रनको स्कोर पुरा गरे। शर्मा सँगै अजिंक्य रहाणेले १८ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडिले दोहोरो रनको स्कोर छोएनन्।

भारतका ३ ब्याटस्म्यान शुन्य रनमा पेभिलियन फर्किएका थिए। छैटौं विकेटका रुपमा रोहीत शर्मा आउट भएलगतै अन्य खेलाडीपनि क्रिजमा टिक्न सकेनन्। मोहम्मद सामी, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहम्मद सिराज क्रिजमा इंग्लिस बलर सामू बल फेस गर्न असफल रहे।

इंग्ल्यान्डका लागि जेम्स एन्डरसनल तथा क्रेग ओवरटनले समान ३–३ विकेट लिए। त्यस्तै ओली रोबिन्सन तथा सेम करनले २(२ विकेट लिए। यसअघि जेम्स एन्डरसनले भारतका लागि शुरूआती ३ विकेट लिए। उनले केएल राहुललाई शुन्य रन, चेतेश्वर पुजारालाई १ रन तथा कप्तान विराट कोहलीलाई ७ रनमा पेभिलियन पठाएका थिए।

इंग्ल्यान्ड विना विकेट १२० रनमा

भारतलाई सस्तैमा समेटेर पहिलो दिननै आफ्नो पहिलो इनिङ सुरू गरेको इंग्ल्यान्डले गतिलो सुरूवात गरेको छ। दिनको खेल सकिंदा इंग्ल्यान्ड १२० रनमा विना विकेटको क्षतिमा अविजित छ।

इंग्लिस टिमका ओपनरद्वय हसिब हमेद्ध ६० तथा रोरी बर्न्स ५२ रनमा अविजित खेलिरहेका छन्। इंग्ल्यान्ड पहिलो दिन ४२ रनको अग्रता बनाउन सफल भएको छ।

७८ रनमा समेटियो भारत

यू– १९ विश्वकप खेल्ने नेपाली युवा क्रिकेट

७८ रनमा समेटियो भारत

अफगानिस्तान मामिलामा छलफल गर्न मोदीले बोलाए सर्वदलीय

Leave a comment

Your email address will not be published. Required fields are marked *