अफगानिस्तान मामिलामा छलफल गर्न मोदीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि विश्व शक्ति राष्ट्र पक्ष र विपक्षमा भएका छन्।

चीन र रुस तालिबानसँग सहकार्य गर्न तयार देखिएका छन् भने अमेरिका, बेलायत र क्यानडाले भने तालिबानलाई तत्काल विश्वास गरिहाल्न नसकिने बताउँदै आएका छन्। भारतले अफगानिस्तानको बारेमा भने अझै कुनै निर्णय गर्न सकेको छैन।

अफगानिस्तानको राजनीतिक परिस्थितिबारे छलफल गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज विहान ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आज सर्वदलीय बैठक बस्नेबारे भारतका विदेशमन्त्री एस जयशंकरले गत सोमबार नै जानकारी दिएका थिए।

बैठकमा अफगानिस्तान मामिलाबारे भारतको विदेश मन्त्रालयले सबै दलका नेतासँग संवाद गर्ने उनले बताएका छन्। अफगानिस्तान तालिबानले कब्जा गरेपछि भारत निकै सशंकित छ।

अफगानिस्तान मामिलामा छलफल गर्न मोदीले बोलाए सर्वदलीय बैठक

७८ रनमा समेटियो भारत

अफगानिस्तान मामिलामा छलफल गर्न मोदीले बोलाए सर्वदलीय बैठक

जापानमा बालबालिकाको आत्महत्याका घटना वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *