नेपाली कांग्रेस भेरीगंगाका नगर सभापति वेदु गिरीको निधन

सुर्खेत । नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाका नगर सभापति वेदु गिरीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सभापति गिरीको शनिबार निधन भएको हो । ४८ वर्षीय गिरी भेरीगंगा नगरपालिका १२ छिन्चुका स्थायी बासिन्दा हुन् ।

केही समय पहिला एपेण्डीसाइटको अप्रेशन गरेका गिरीको उक्त घाउबाट क्यान्सर भएको थियो । क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भएका गिरीलाई कोरोना संक्रमणबाट निधन भएको हो ।

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भएका गिरीलाई कोरोना संक्रमणबाट निधन भएको नेपाल तरुण दल सुर्खेतका सभापति हरी विष्टले जानकारी दिए ।  गिरी पञ्चायतकालदेखी नै क्याम्पस पढ्दा विद्यार्थी राजनीतिबाट पार्टी राजनीति शुरु गरेको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

आचार्यले भनिन् ‘कांग्रेसले एक हस्ती त गुमायो नै, पार्टीले अपूरणिय क्षती व्यहोर्नु परेको छ,’ तरुण दल सभापति विष्ट भन्छन्, ‘हक्की, निडर र जहिले पनि जनको पक्षमा आवाज उठाउने उहाँ जस्तो कुशल राजिनितिज्ञ हामीले सदाका लागि गुमायौं, दुःखीद् छौं ।’

यहीँ असार ६ गते नेपाली कांग्रेसका पूर्व सभापित तप्त विष्टको पनि कोरोना संक्रमण भएपछि उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

नेपाली कांग्रेस भेरीगंगाका नगर सभापति वेदु गिरीको निधन

एकल पुरुषहरुलाई मासिक भत्ता जनयुद्धका घाइतेलाई शेयर

नेपाली कांग्रेस भेरीगंगाका नगर सभापति वेदु गिरीको निधन

कोरोनाबाट २४ घण्टामा थप ३० को मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *