कोरोनाबाट २४ घण्टामा थप ३० को मृत्यु, २०१६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

कोरोनाबाट २४ घण्टामा थप ३० को मृत्यु, २०१६ जनामा संक्रमण पुष्टि

नेपाली कांग्रेस भेरीगंगाका नगर सभापति वेदु गिरीको

कोरोनाबाट २४ घण्टामा थप ३० को मृत्यु, २०१६ जनामा संक्रमण पुष्टि

अभिनेत्री पायल रोहतगी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *