एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन् । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ ।
छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिसकेको छ ।






