युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन् ।

वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ । दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन् ।

वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले हराएको थियो ।

तेस्रो खेलमा भने इटालीसँग १-० गोलको हार ब्यहोरेको थियो । यस्तै समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो। आफ्नो पहिलो खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित भएको थियो ।

दोस्रो खेलमा बेल्जियमसँग २-१ गोलले हार ब्यहोरेको डेनमार्कले तेस्रो खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो। यी दुई टिम हालसम्म १० पटक आमनेसामने हुँदा डेनमार्कले ६ खेलमा जित निकालेको छ भने वेल्सले जम्मा ४ खेलमात्र आफ्नो पक्षमा पारेको छ ।

आजै हुने दोस्रो खेलमा राति पौने १ बजे इटली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम आठमा आफुलाई सुरक्षित गर्न चाहान्छन् ।

समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको इटलीले समूह चरणको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको थियो। इटालीले पहिलो खेलमा टर्कीलाई ३-० ले पराजित गरेको थियो ।

युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

YUGAAWHAN NATIONAL DAILY (2078-03-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *