साइबेरिया प्रान्तमा १२० वर्ष यताकै उच्च गर्मी, शहरमा पानी छर्केर शीतल बनाउने प्रयास

एजेन्सी । रसियाको साइबेरिया प्रान्तमा जुन महिनामा औसत तापमान माइनस ११ डिग्री हुने गर्छ। तर, यस वर्ष तापक्रमले १२० वर्षको रेकर्ड तोडेको छ ।
आर्कटिकतर्फ उडिरहेको तातो बतासको कारण तापक्रम ४८ डिग्री पुगेको हो। युरोपियन युनियनको अर्थ अब्जरबेशनका अनुसार साइबेरियाको वरकोजान्स्क शहर बिहीबार सबैभन्दा तातो रहेको थियो । यहाँको तापक्रम ४८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।
बिहीबार शहर यति तातो थियो कि मानिसहरू बाहिर निस्किन सकिरहेका थिएनन् । गर्मीबाट सुरक्षित हुन शहरमा पानी छर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
साइबेरियामा ३ करोड ९० लाख जनसंख्या रहेको छ। विज्ञहरू भन्छन कि जलवायु परिवर्तनले रुसलाई असर गरिरहेको छ । रूसमा विश्वको तुलनामा २.५ गुणा तीव्र गतिमा तापक्रम बढेको बताइएको छ ।
वर्ल्ड मिटियोरोलोजीले मौसम परिवर्तनको सम्बन्धमा उचित प्रयास गरेनौं भने विश्वमा बाढी, खडेरी र आँधीबेहरीको संख्या बढ्न सक्ने चेतावनी दिएको छ।आर्कटिक क्षेत्रको जंगलमा आगो लाग्नु नै अहिले तापक्रम बढ्नुको मुख्य कारण मानिएको छ । जसको कारण आर्कटिक क्षेत्रको विशाल हिमालहरू पनि छिटो पग्लिरहेको बताइएको छ।






