जुडोकी सोनियाले प्राप्त गरिन् ओलम्पिकमा वाइल्ड कार्ड

काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन्। यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ ।

पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।

सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी दिए। उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकामा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए ।

नेपाल पुलिसमा आबद्ध सोनिया नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन् । उनले २०१९ मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।

सन् २०१९ मा मोरक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अङ्क बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले बताए ।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छन् । यसअघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गङ्गाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै, चीनको बेइजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपूल्हामु खत्रीले सहभागिता जनाएका थिए ।

रासस

जुडोकी सोनियाले प्राप्त गरिन् ओलम्पिकमा वाइल्ड कार्ड

भारतमा थप ४८ हजार संक्रमित, झण्डै १२

जुडोकी सोनियाले प्राप्त गरिन् ओलम्पिकमा वाइल्ड कार्ड

साइबेरिया प्रान्तमा १२० वर्ष यताकै उच्च गर्मी,

Leave a comment

Your email address will not be published. Required fields are marked *