अमेरिकाको १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या चार र बेपत्ता हुनेको संख्या १५९ पुगेको छ।

उक्त भवन स्थानीय समयअनुसार बिहीबार मध्य राति साढे १ बजे भवन भत्किएको थियो। उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको अधिकारीहरुले जनाएका छन्। उद्धारका क्रममा जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको उनीहरुले बताएका छन् ।

४० वर्षअघि निर्माण भएको उक्त भवन कसरी भत्कियो भन्ने स्पष्ट भइसकेको छैन। भवन भत्किँदा कतिजना मानिस त्यहाँ थिए भन्ने पनि खुलेको छैन ।

राष्ट्रपति जो बाइडेनले फ्लोरिडाका लागि आपतकालीन अवस्था घोषणाको प्रस्ताव स्वीकृत गरेको छन् । अब फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फिमा)ले राहत प्रयासमा फ्लोरिडालाई सहयोग गर्ने छ ।

सयौं उद्धारकर्मीहरुले सोनार क्यामरा तथा विशेष तालिम प्राप्त कुकुरहरुको प्रयोग गरेर भग्नावशेषमा फसेकाहरुको खोजी गरिरहेका छन् ।

अमेरिकाको १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

साइबेरिया प्रान्तमा १२० वर्ष यताकै उच्च गर्मी,

अमेरिकाको १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

स्कुल पढ्दा जोडिएको पिरती

Leave a comment

Your email address will not be published. Required fields are marked *