धतुरेको कमेडी सिरियल ‘क्या जमाना आ’ सुरु

काठमाडौं । लोकप्रिय हास्य सिरियल ‘क्या जमाना आ’को दोस्रो सिजन सुरु भएको छ । गत सोमबारबाट सिरियलको दोस्रो सिजन सुरु भएको लेखक तथा निर्देशक सीपी पुडासैनी ‘धतुरे’ ले बताए ।

सिरियलको पहिलो सिजन करिब एकसय भागमा पुगेर सकिएको थियो । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेको र दर्शकको पनि माग भएकोले आफुले दोस्रो सिजन सुरु गरेको निर्देशक पुडासैनीले जानकारी दिए । ‘दोस्रो सिजनको कथाको भेराइटी भने फरक रहेको छ’ उनले थपे ।

केशव सापकोटा श्रृखंला निर्देशक रहेको सिरियलमा सीपी पुडासैनी, केशव सापकोटा, शेखर चापागाईँ, जोसना सुवेदी, सीताराम दाहाल, एलिना श्रेष्ठ, दीपु खड्का, जगदीश अधिकारी, रश्मी श्रेष्ठ, रोमा बिष्ट, आयुसा कार्की, श्याम कार्की, नविन निरौला, उमाकान्त सापकोटा लगायत नियमित देखिनेछन् ।

शर्मिला चौलागाईं निर्मात्री रहेको यो सिरियल मातापिता प्रोडक्सनको ब्यानरमा बनेको हो । सिरियल काभ्रे जिल्लाको पात्लेखेतमा छायाँकन भएको छ ।

https://youtu.be/lbucj-rANZY

धतुरेको कमेडी सिरियल ‘क्या जमाना आ’ सुरु

छोटा फिल्म प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनौट

धतुरेको कमेडी सिरियल ‘क्या जमाना आ’ सुरु

बीबीको ‘हजारौँमा तिमीलाई’ सुरेश र शीलुको रोमान्स

Leave a comment

Your email address will not be published. Required fields are marked *