प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

काठमाडौं । ५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो ।

सो अवसरमा उनीहरुले फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन् । अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्बिरहरु समेत बाहिर ल्याएका छन् । जुन फ्यानले मन पराएका छन् ।

प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चुम्बन गरिरहेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’

मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सव थियो, उनीहरु दुबैले विवाह गरेर वार्षिकोत्सव विशेष बनाएका थिए । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरे ।

अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ । बलिउडका अधिकांश फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका उनको खलनायक अभिनय धेरै मनपराइएको छ ।

प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

चर्चामा विष्णु माझीको ‘चरी जेलैमा’

प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

छोटा फिल्म प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनौट

Leave a comment

Your email address will not be published. Required fields are marked *