सल्यानकाे कालिमाटी पुग्ने बित्तिकै राउटेले पाए समाजिक सुरक्षा भत्ता

दुर्गा विसि

सल्यान । १० वर्ष पछि सल्यानमा फर्किएको फिरन्ते जीवन जिउने राउटे समुदायलाई कालिमाटी गाउँपालिकाले स्वागत गरेको छ ।
सल्यानकाे कालिमाटि गाउँपालिका-५ काल्चे डाँडामा आई टहरा निर्माण गर्दै गरेका राउटेहरुलाइ गाउँपालिका अध्यक्ष दानबहादुर केसि, उपाध्यक्ष शहनशिलता वलि र प्रमुख प्रशासकिय अधिकृत हरि केसि साेहि स्थानमा पुगि टहरा निर्माणकार्य आवश्यक सामग्री, खानेपानी पाइप केही भाँडाकुडाको बन्दाेवस्ति गरिदिएका छन् ।
गाउँपालिकाकाे मुख्य टिम पुगि उनिहरुका बास स्थानका लागि आवश्यक बन्दाे बस्तिकाे व्यवस्थापनमा सहजिकरण गरिदिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसिले बताए। आफ्नाे गाउँपालिकामा आज देखि थप जाति थपिएको र उनिहरु त्यहाँ रहदा सम्म आफ्नै गाउँपालिकाकाे नागरिक भएकोले सरकारकाे अनुभुति हुने गरि सेवा र सुरक्षा प्रदान गर्ने जनाएको छ। ।
साथै आज नै सामाजिक सुरक्षा भत्ता केन्द्र सरकारले वितरण गर्ने प्रति व्यक्ति ३ हजार र कर्णालि प्रदेश सरकारबाट दिएकाे थप २ हजार गरि जम्मा प्रति व्यक्ति ५ हजार सामाजिक सुरक्षा भत्ता प्रदेश सरकारकाे बाँकि रकम सहित २६ हजारका दरले वितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता पाए पछि राउटेहरु खुसि वनेका छन् र आफुहरु वस्ने स्थानमा आइ भत्ता वितरणसँगै गाउँपालिकाले राउटेहरु प्रति देखाएको माया,सद्भाव र सहयोगीपनाले उनिहरुले गाउँपालिका अध्यक्ष केसि, उपाध्यक्ष वलि र प्रशासकिय अधिकृत केसिकाे निकै प्रसंसा समेत गरे ।
१० वर्ष पछि सल्यान कालिमाटी गाउँपालिकामा फर्किएका राउटे समुदाय प्रती गाउँपालिकाले सहयोगि पना देखाएकाे छ ।उनिहरुकाे सुरक्षा लगाएतका यावत समस्यामा कुनै कमि आउन नदिने समेत जनाएको छ ।






