रोनाल्डोले बनाए अर्को कीर्तिमान

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन् ।

रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन् ।

फ्रान्स विरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए। जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन्। ३६ वर्षीय रोनाल्डोले युरोकपमा १३ र विश्वकपमा ७ गोल गरेका छन्।

रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन्। ३६ वर्षीय रोनाल्डोको नाममा पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रहेको छ।

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन्। योसँगै उनी लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत हुन्।

रोनाल्डोले बनाए अर्को कीर्तिमान

कोलम्बियामाथि ब्राजिलको २-१ को जीत

Leave a comment

Your email address will not be published. Required fields are marked *