कोलम्बियामाथि ब्राजिलको २-१ को जीत

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियामाथि जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिल कोलम्बियालाई २–१ गोलले हराएको हो । खेलमा कोलम्बियाले लुइस डियाजको गोलबाट खेलको १०औ मिनेटमा शुरुवाती अग्रता लिएको थियो।
ब्राजिलले खेलको ७८औ मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा बराबरी गरेको थियो। त्यसपछि खेलको ९० मिनेट पछिको १० मिनेट थपिएको खेलको १०औ मिनेटमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई जिताएका थिए।
समुह बि मा रहेको ब्राजिलको यस जितपछि ३ खेलमा ९ अंक बटुल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै कोलम्बियाको ४ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको कोलम्बिया पनि क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै कोपा अन्तर्गत आजै भएको खेलमा इक्वेडर र पेरु २-२ गोलको बराबरीमा रोकिएका छन्। समुह बि मा पेरुको ३ खेलमा ४ अंक रहेको छ भने इक्वेडरको ३ खेलमा २ अंक रहेको छ ।






