भुवन बुढाकाे अध्यक्षतामा सिम्तामा एमालेको समानान्तर कमीटी गठन

सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्ला भरि संगठन बिस्तार अभियानलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

जिल्लाका स्थानीय पालिका तथा नगरपालिकामा बैठक, भेला तथा कमिटी पुनः गठनको कामलाई सक्रियता पुर्वक संचालन गरिरहेको छ । बुधबार सिम्ता गाउँपालिकामा भुवन बुढाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी पुनस् गठन गरिएको छ ।

जसको उपाध्यक्षमा रामबहादुर विक सचिवमा थुमान अधिकारि, उपसचिवमा चित्रबहादुर बुढा रहेका छन् । कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले जिल्ला भरि नेकपा एमालेको संगठनलाई मजबुत बनाउने गरि अगाडि बढेको बताए ।

पछिल्लो राजनैतिक घटनाक्रमले पार्टीमा गम्भीर संकट आएको भन्दै बडुवालले पार्टी जोगाउने अभिभारा पुरा गर्न सबै नेता तथा कार्यकर्ताहरु समक्ष आग्रह गरे । लामो त्याग र बलिदानि संघर्ष बाट स्थापित भएको पार्टी केहि व्यक्तिहरुको निजि स्वार्थका कारण संकटमा परेको उनकाे भनाई थियो ।

लामो इतिहास बोकेको कम्युनिस्ट पार्टीमा ध्रुवीकरण आउनुले, प्राप्त भएका उपलब्धिहरु माथि गम्भीर संकट पैदा गरेको अध्यक्ष बडुवालको भनाई थियो । कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य केदार कंडेल, बसन्त बि।क, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव शिवप्रसाद उपाध्याय, सिम्ता गाउँपालिका बाट प्रतिनिधित्व गर्ने पार्टी जिल्ला कमिटी सदस्यज्युहरु लगाएतको सहभागीता रहेको थियो ।

यस अघि नेकपा एमालेले वीरेन्द्रनगरमा लोकप्रसाद चालीसेको अध्यक्षता १०१ जनाको कमिटी, गुर्भाकोट नगरपालिकामा भिमप्रसाद शर्माको अध्यक्षतामा ८१ जनाको नगर कमिटी र पंचपुरि नगरपालिकामा रमेश बौडेलको अध्यक्षतामा ८१ जनाको कमिटी, पुनः गठन गरिसकेको छ भने बाकि रहेका स्थानीय तहका कमिटीहरुमा चाडै पुनः गठन हुने अध्यक्ष बडुवालले जानकारी दिए  ।

भुवन बुढाकाे अध्यक्षतामा सिम्तामा एमालेको समानान्तर कमीटी गठन

एकैपटक १० वटा बच्चा जन्माएको झुटो साबित

Leave a comment

Your email address will not be published. Required fields are marked *