यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

एजेन्सी । युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ । बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

समूह चरणबाट कठिन बराबरीसँगै अन्तिम १६ मा प्रवेश गरेको जर्मनीले इङल्याण्ड प्रतिद्वन्द्वी पाएको छ। तेस्रो हुँदै नकआउट चरणमा पुगेको पोर्चुगलले बेल्जियमसँग खेल्नुपर्नेछ  ।

त्यस्तै, फ्रान्सले स्वीटजरल्याण्ड र स्पेनले क्रोएसिया प्रतिद्वन्द्वी पाएका छन्। वेल्सले डेनमार्क, इटालीले अष्ट्रिया, नेदरल्याण्डसले चेक रिपब्लिक र स्वीडेनले युक्रेन प्रतिद्वन्द्वी पाएका छन् ।

नकआउट चरणका खेल २६ जुनबाट हुनेछन्। नकआउट चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् ।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट

Leave a comment

Your email address will not be published. Required fields are marked *