पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्ति विवादित : छोटा लुगाले बलात्कार बढ्यो

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यौनजन्य हिंसालाई महिलाहरुको लुगासँग जोडेर टिप्पणी गरेपछि उनको अभिव्यक्ति फेरि विवादित बनेको छ । उनले केही समयअघि पाकिस्तानमा यौन हिंसा बढ्नुमा अश्लीलता जिम्मेबार रहेको बताएका थिए।

पछिल्लो पटक एक अमेरिकी न्यूज वेबसाइट ‘एक्सियोस अन एचबिओ’ लाई दिएको अन्तरवार्तामा पनि उनले भनेका छन्, ‘यदि एक महिलाले छोटा कपडा लगाउँछिन् भने त्यसको प्रभाव पुरुषमा स्वभाविक रुपमा पर्छ यदि उ रोबोट होइन भने। यो समान्य ज्ञान हो।’

अन्तरवार्ता लिने पत्रकार जोनाथन स्वैनले महिलाको कपडालाई अश्लीलतासँग जोडेर गरिएको टिप्पणीबारे प्रश्न सोधेपछि प्रधानमन्त्री खानले भने, ‘यो सबै बकवास हो मैले बुर्कामा बिचार गर्नुपर्छ भन्ने कुरा बोलेको थिएँ। हामीकहाँ यहाँ न डिस्को छ, न नाइट क्लबहरू छन्।

यो बिल्कुलै अलग समाज हो जहाँ जिउने अलग्गै तरिका छ। यदि तपाईँ यहाँ प्रलोभन बढाउने र युवाहरुलाई कहीँ जाने मौका नदिने हो भने यसको केही न केही परिणाम हुन्छ।’

उनले याैन हिंसा र बलात्कारजस्ता घट्ना बढ्नुमा यसैलाई प्रमुख कारण मानेका छन्। जोनाथनले इमरानलाई फेरि अर्को प्रश्न सोध्छन्, ‘कपडाले यौन हिंसालाई बढावा दिन्छ भन्न खोज्नुभएको हो? इमरान थप्छन्, ‘यो विषय तपाईँ कुन समाजमा रहनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ, यदि कसैले केही चीज देखेको छैन भने यसको प्रभाव उसमाथि जरुर पर्छ।’

क्रिकेट स्टार हुँदा तपाइँको छवि ‘प्ले ब्वाइ’को थियो नि! भन्ने प्रश्नमा इमरानले भनेका छन्, ‘यो मेरो कुरा होइन मेरो समाजको कुरा हो। जब हामी यौन अपराधका बारेमा सुन्छौ तब यसलाई कसरी समाप्त गर्ने भन्ने विषयमा चर्चा गर्छौं।’

इमरानको यो अभिव्यक्तिको अहिले विपक्षी दलका नेता, पत्रकार र आम नागरिकले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन्।

पाकिस्तानमा २४ घण्टामा बलात्कारका कम्तीमा ११ वटा घटना हुने गरेको आधिकारिक रेकर्ड छ। पछिल्लो ६ वर्षमा प्रहरीमा बलात्कारसँग जोडिएका २२ हजार मुद्दा दर्ता छन्। यद्यपी बलात्कारका दोषीलाई सजाय ०.३ प्रतिशत मात्रै भएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्ति विवादित : छोटा लुगाले बलात्कार बढ्यो

सेयर बजारमा सोमबार पनि पहिरो, नेप्से ७१.०६

Leave a comment

Your email address will not be published. Required fields are marked *