यस्ता छन् पहिरोका पूर्वसंकेत, पूर्वतयारी अहिलै गर्नुस्

काठमाडौं । नेपालमा मनसुन प्रवेश गरिसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म पहिरोका कारण ७ जना भन्दा बढीको मृत्यु भएको छ भने कयौँ व्यक्ति घाइते भएका छन् ।

कतिपय घरबारविहीन भएका छन्। यस वर्ष बढी पानी पर्ने बताइएको छ। त्यसैले अझै पनि धेरै ठाउँमा बाढीपहिरो जाने देखिन्छ। तपाईंको टोल बस्तीमा पनि पहिरोको जोखिम हुन सक्छ। त्यसैले पहिरोका पूर्वसंकेतहरू यसरी थाहा पाइराखौँ । र यी पूर्वतयारी पनि थाल्नसके पहिरो जोखिम कम हुने छ।

पहिरो जाने संकेत

-जमिनहरू चिरा पर्नु
-रुख वा बिजुलीका खम्बा ढल्किँदै जानु
-पानीका स्रोतहरू अस्वाभाविक रुपमा सुक्नु वा धमिलो हुनु
-भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु
-ढुंगा माटो खस्न थाल्नु

पूर्वतयारीका उपाय

-वर्षायाम अघि नै समुदाय मिलेर पानीको कुलो,नाला र भल व्यवस्थित गर्ने
-ठूलो पानी पर्दा कुलेसोलाई खोलातर्फ फर्काउने
-खोला किनार वा पहिरो जान सक्ने भिरालो क्षेत्रमा घर संरचना नबनाउने

-जोखिमपूर्ण ठाउँमा बसोबास गरिए तुरुन्तै सुरक्षित ठाउँमा सर्ने
-अव्यवस्थित सडक निर्माण र रुख कटान रोक्ने र सडक वरिपरि वृक्षरोपण गर्ने
-चिरा परेको वा धाँजा फाटेको जमिनलाई माटो खाँदेर पुर्ने र पानी नपर्नेगरी त्रिपाल वा प्लास्टिक हाल्ने

यस्ता छन् पहिरोका पूर्वसंकेत, पूर्वतयारी अहिलै गर्नुस्

कोरोनाका कारण योगको महत्व झन् बढ्यो :

Leave a comment

Your email address will not be published. Required fields are marked *