सेयर बजारमा सोमबार पनि पहिरो, नेप्से ७१.०६ अंकले घट्यो

काठमाडौं । आइतबार दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार पनि पहिरो गएको छ। उच्चदरमा घटिरहेको बजारमा सोमबार नेप्से सूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ।

सोमबार ११ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २२७ कम्पनीको २ करोड २५ लाख २२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ।

राम्रा एवं बलिया कम्पनीकाे कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ। आज धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरु देखिएका छन्। विकास बैंक समूह ४ दशमलव ६ प्रतिशतले गिरावट आउँदा सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ।

बजारमा ७१ अंकको पहिरो जादा पनि नारायणीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ। यो बैंक समस्याग्रस्त सूचीमा परेर पनि राष्ट्र बैंकले फुकुवा गरेको बैंक हो।

समस्याग्रस्तबाट फुकुवा भएपछि यस बैंकले १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको थियो। तर राष्ट्र बैंकले १ बराबर १ अनुपातमा मात्रै हकप्रद जारी गर्न स्वीकृति दिएको छ।

बैंकले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ। हकप्रदको कारण पनि यस बैंकको सेयर मूल्य वृद्धि भएको हो।

खरिदबिक्री रकममा १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ। दोस्रोमा एचआइडीसीएल र तेस्रोमा सीआइटी परेको छ।

सेयर बजारमा सोमबार पनि पहिरो, नेप्से ७१.०६ अंकले घट्यो

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग

Leave a comment

Your email address will not be published. Required fields are marked *