नयाँ आर्थिक वर्षलाई सेयर बजारले गर्‍यो हरियो कार्पेट ओछ्याएर स्वागत

काठमाडौं । नयाँ आर्थिक वर्षलाई सेयर बजारले हरियो कार्पेट ओछ्याएर स्वागत गरेको छ। धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले उकालो लागेको हो।

योसँगै बजारले योसँगै परिसूचक २९८०.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले बढेर ५६०.९६ को विन्दुमा पुगेको छ।

आज कारोबार रकम पौने १२ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएमा सेयर बजार झनै उकालो लाग्ने विश्वास जानकारहरुले लिएका छन्। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

विकास बैंक समूह सर्वाधिक ५.०५ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ४.७१ प्रतिशतले बढेको छ। यस्तै वित्त समूहमा १.४ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.६५ प्रतिशत, जलविद्युत समूहमा १.५७ प्रतिशत, लगानी समूहमा १.६१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१५ प्रतिशत, अन्य समूहमा ०.९३ प्रतिशत र व्यापार समूहमा ०.९१ प्रतिशतले वृद्धि भएको छ।

नयाँ आर्थिक वर्षलाई सेयर बजारले गर्‍यो हरियो कार्पेट ओछ्याएर स्वागत

विश्वासको पक्षमा मत दिन महन्थ ठाकुरलाई देउवाको

नयाँ आर्थिक वर्षलाई सेयर बजारले गर्‍यो हरियो कार्पेट ओछ्याएर स्वागत

संसदको अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ

Leave a comment

Your email address will not be published. Required fields are marked *