विश्वासको पक्षमा मत दिन महन्थ ठाकुरलाई देउवाको पत्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको पक्षमा मतदान गर्न भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाएका छन्।

देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले सो प्रस्तावमा मतदान गर्न ठाकुरलाई अनुरोध गरेका छन्।

‘प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु,’ देउवाले पत्रमा लेखेका छन्,‘यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट समर्थन गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु।’

यसअघि महन्थ ठाकुरको पक्षमा रहेका २० सांसदमध्ये पाँच जना अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेपछि अब १२ जना मात्र बाँकी छन्। अध्यक्ष ठाकुर पक्षको शनिबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

विश्वासको पक्षमा मत दिन महन्थ ठाकुरलाई देउवाको पत्र

विवाह नगरि बच्चा जन्माउने नम्रताको चाहना !

विश्वासको पक्षमा मत दिन महन्थ ठाकुरलाई देउवाको पत्र

नयाँ आर्थिक वर्षलाई सेयर बजारले गर्‍यो हरियो

Leave a comment

Your email address will not be published. Required fields are marked *