शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट विश्वासको मत दिनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ।

प्रतिनिधि सभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक पुष्पा भूसालले भनिन्, ‘संविधानको रक्षाको लागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो। त्यो यथावत् रहन्छ। उहाँहरुको विज्ञप्ति आएको छ, उहाँहरु कांग्रेससँगै हुनुहुन्छ।’

संसद्लाई गतिशिल बनाउनका लागि प्रधानमन्त्रीले पहिल्यै विश्वासको मत लिन लागेका बताइन्। प्रधानमन्त्री देउवाले बहुमत भन्दा धेरै मत प्राप्त गर्ने उनको दाबी छ।

सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट बसेको बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यस्तै कांग्रेसले आफ्ना सांसदलाई सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। गृहमन्त्री तथा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले समयमै संसद् भवनमा उपस्थित भएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको जानकारी दिए।

शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई ह्वीप

भीम रावलले दिए सांसद पदबाट राजीनामा

शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई ह्वीप

३२ लागिन् भुमि, यस्तो छ फिल्मी संघर्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *