फेरि बढ्यो माओवादी केन्द्र र एमाले एक हुने सम्भावना

३ चैत

नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ । औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ ।एमाले र माओवादी केन्द्रबीच एकता गर्न विभिन्न विकल्पमा छलफल बढेको छ । त्यसका लागि एकता अभियानका संयोजक बामदेव गौतम सक्रिय हुँदै आएका थिए । उनले प्रधानमन्त्री केपी शर्माओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति बनाउन प्रयास गर्दै आएका थिए । हिजो साँझ गौतमले माधवकुमानेपाल र 

झलनाथ खनालसँग गोप्य छलफल गरेका थिए । उक्त छलफलमा वार कि पार गर्नेबारे कुरा भएको थियो गौतमलाई संयोजक बनाउन अगाडि बढाउन नेपाल र खनाल पनि सहमत भएका थिए सकेसम्म पार्टी एकता गर्न ओलीसँग कुरा गर्ने नभए छुट्टै तरिकाले बढ्ने सहमति बनेको थियो । त्यसको परिणाम आज ओली र नेपालबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो । त्यसपछि निर्वाचन आयोगले

पार्टी छुट्टै बनाउने या एकताका लागि आउने भन्नेबारे जानकारी गराएको थियो । आयोगले १५ दिनभित्र एमाले र माओवादी केन्द्रलाई निर्णय लिएर आउन समय दिएको छ ।त्यो समय अझै १० दिन बाँकी छ । अबको दश दिनभित्र एमाले र माओवादी केन्द्र एक हुने या अलग हुने टुंगो लाग्नेछ ।बामदेव गौतमको पहलमा राजनीतिक ट्वीस्ट हुन लाग्दा ओली र नेपालबीच सहमतिको प्रयास चलेको हो । सहमति बनेमा प्रचण्डसँग पनि पार्टी एकता अगाडि बढ्ने सम्भावना छ ।

फेरि बढ्यो माओवादी केन्द्र र एमाले एक हुने सम्भावना

एमाले संसदीय दलको बैठक बुधवार बस्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *