एमाले संसदीय दलको बैठक बुधवार बस्ने

सुर्खेत, ३ चैत ।
नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक बुधवारका लागि बोलाइएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गतेका लागि बैठक बोलाएका हुन् । बुधवार दिउँसो १ बजे बैठकमा उपस्थित हुन म्यासेजमार्फत् जानकारी आएको एमाले प्रदेशसभा सदस्य सुशील थापाले बताए । ‘४ गतेका लागि दलको बैठक बोलाइएको छ, हामीलाई म्यासेजमार्फत् बैठक बस्ने जानकारी 
आएको हो,’ थापाले भने । संसदीय दलको बैठकमा एमालेका सबै प्रदे शसभा सदस्यलाई उपस्थितिका लागि बोलाइएको एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । सो ही दिन एमालेको खनाल–नेपाल समूहले भने काठमाडौंमा राष्ट्रिय भेलाको आयो जना गरेको छ । उक्त भेलामा सहभागी हुन खनाल–नेपाल समूहका अधिकांश सांसद काठमाडौं गइसकेको प्रदेशसभा सदस्य थापाले बताए ।






