‘सिंहदरबारमा बस्नेहरु संघीयता कार्यान्वयनमा गम्भिर भएनन्’

सुर्खेत, १ चैत्र

प्रदेश नं.२ का मुख्यमन्त्री लालबावु रावतले सिंहदरबारमा बस्नेहरु अर्थात केन्द्र सरकारले संघीयता कार्यान्वयनमा इमान्दारिता नदेखाएको आरोप लगाएका छन् । संविधानले प्रदेशलाई दिएका अधिकारहरुसमेत सिंहदरबारमा बस्नेहरुले प्रदेशलाई दिन नचाहेको उनको आरोप छ । ‘केही व्यक्तिहरुमा स्थानीय र प्रदेशलाई अधिकार सम्पन्न बनाउँदा देशै बर्वादै भैहाल्ने छ भन्ने मानसिकता छ’ उनले थपे, ‘सिंहदरवारमा बस्नेहरुमा मानसिकता नफेरिएसम्म संविधानले दिएका आधिकार 

प्रदेशले पाउँदैनन् ।’ शनिबार कर्णाली उत्सवको ‘मुख्य मान्ठ, मुल कुरा’ सत्रमा बोल्दै केन्द्र सरकार प्रदेशलाई अधिकार सम्पन्न बनाउन नचाहेको बताए । संविधानमा उल्लेखित अधिकार प्राप्तिका लागि प्रदेश सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालत जानुपर्ने अवस्था आउनुले पनि सिंहदरवारमा बस्नेहरुले संघीयता कार्यान्वयनमा गर्न नचाहेको उनको टिप्पणी थियो । ‘संविधानले दिएका अधिकार माग्न सर्वाेच्चमा गएका छौँ, सर्वाेच्चले संघीयता बलियो सहयोग अपेक्षा छ’ उनले

भने, ‘प्रहरी र प्रशासनको अधिकार केन्द्रमै राखेर प्रदेशलाई कमजोर बनाउन खोजियो ।’ केही व्यक्तिहरु मनदेखि संघीयताका कार्यान्वयनको विपक्षमा रहेको उनको टिप्पणी छ । ‘जसरी भर्खरै जन्मेको शिशुलाई उचित स्याहार, रेखदेख, पोषणको जरुरी पर्छ, त्यसरी नै संघीयतालाई हुर्काउने जिम्मा संघीय सरकारले लिनुपर्ने हो’ मुख्यमन्त्री रावतले भने, ‘तर

संघीय सरकारले शिशुलाई हुर्किने मौका नै दिएन ।’ मधेश आन्दोलनको बलमा आएको संघीयता ‘अनवान्टेड बेबी’ (इच्छाविपरीत जन्माइएको बच्चा) जस्तै भएको उनको तर्क थियो । बजेट तथा योजना बनाउँदासमेत केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षप गरेको आरोप लगाए । ‘बजेटभरी राष्ट्रिय योजना आयोगले नै पालिकास्तरका योजनाहरु बनाउन थाल्यो’ उनले थपे, ‘१५ प्रतिशत बजेट प्रदेशहरु कसरी आत्मनिर्भर बन्नसक्छ
‘कर्णालीमा जनतालाई लोकतन्त्र आएको छैन’
यस्तै सामाजिक अभियन्ताहरुले भने कर्णालीका नागरिकलाई लोकतन्त्र आइनसकेको बताएका छन् । कर्णाली उत्सवमा ‘लोकतन्त्रको लय’ सत्रका सहभागीहरुले यस्तो बताएका हुन् । ‘हरेक दृष्टिकोणबाट कर्णालीका जनताका लागि अझै पनि

लोकतन्त्र आएको छैन’ प्रतिनिधिसभा सदस्य पार्वती विशुङ्खेले भनिन्, ‘सिमित व्यक्तिले लोकतन्त्रको उपभोग गरे पनि कर्णालीमा दुर्गम क्षेत्रका नागरिकका लागि लोकतन्त्र आएकै छैन ।’ जनताले विकासको अनुभूति गर्न नपाएको कर्णालीका दुर्गम जिल्लाहरुमा अहिले पनि लोकतन्त्र नभएको विसुङ्खेको टिप्पणी छ । यस्तै पत्रकार अमित ढकालेले लोकतन्त्रका नाममा अहिले दलतन्त्र हावी भएको टिप्पणी गरे । ‘संवैधानिक निकायमा गरिएको राजनीतिक नियुक्तिले नै लोकतन्त्र कस्तो

छ भन्ने पुष्टि ढकालले भने, हुन्छ’ ‘अहिले लोकतन्त्रमा दलियतन्त्र हावी भएको छ ।’ त्यस्तै सामाजिक अभियन्ता रिता परिवारले पनि जातिय विभेद नहटेसम्म नागरिकले लोकतन्त्रको अनूभूति गर्न नपाउने तर्क गरिन । त्यस्तै अधिकारकर्मी घिमिरे युवराजले लोकतन्त्रलाई बलियो बनाउन संस्कृतिको समेत विकेन्द्रीकरण आवश्यक रहेको तर्क गरे । यसैबीच कर्णाली उत्सवको दोस्रो संस्कर शनिबारदेखि समापन भएको छ ।

‘सिंहदरबारमा बस्नेहरु संघीयता कार्यान्वयनमा गम्भिर भएनन्’

इटलीमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने

‘सिंहदरबारमा बस्नेहरु संघीयता कार्यान्वयनमा गम्भिर भएनन्’

माधव नेपालले समानन्तर कमिटी बनाउनु ज्वरो आउँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *