इटलीमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने

१ चैत्र
इटलीभर सोमवार पसल, रेस्टुराँ र विद्यालयहरू बन्द रहने घोषणा गर्दै प्रधानमन्त्री मारियो ड्रागिले कोरोना भाइरस संक्रमणको नयाँ लहर आउन सक्ने भन्दै सचेत गराएका छन् । इस्टरका बेला अर्थात् आगामी ३–५ एप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरिएको छ । एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीले फैलिँदो सङ्क्रमण रोक्न फेरि 
सङ्घर्षगरिरहेको छ । इटली यूकेपछिको युरोपमा सबभन्दा धेरै मृत्युदर भएको मुलुक हो।युरोपियन युनियनका अन्य मुलुकमा जस्तै इटलीमा खोप अभियानमा ढिलाइ भइरहेको छ।खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता रोमस्थित सरकारले २ लाख ५० हजार अक्सफर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो । बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफर्ड–आस्ट्राजेनेका खोपले रगत जमाउने त्रास उत्पन्न भएपछि उक्त खोप प्रयोग रोकेका छन् । शुक्रवार विश्व स्वास्थ्य
सङ्गठनले रगत जम्ने कुरा सत्य भएको कुनै सङ्केत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो।सोमवारदेशि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधा भन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई काम, स्वास्थ्य र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन
प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने बताएका छन् । इस्टर सप्ताहान्तमा सम्पूर्णमुलुकलाई उच्च सतर्कतायुक्त ‘रेड जोन’ बनाइनेछ । ड्रागिले भनेका छन्, ’प्रतिबन्धले तपाईँका बालबच्चाको शिक्षा, अर्थतन्त्र र तपाईँको मानसिक स्वास्थ्यमा असर पार्छ भन्ने मलाई थाहा छ ।’ तर परिस्थिति बिग्रन नदिन योभन्दा पनि कडा कदम चाल्नुपर्ने हुनसक्छ ।






