माधव नेपालले समानन्तर कमिटी बनाउनु ज्वरो आउँदा खोकी लागेजस्तै हो’

‘सुर्खेत, १ चैत्र

संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले बरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गर्नु ज्वरो आउँदा खोकी लागेजस्तै भएको टिप्पनी गरेका छन् । ‘एमालेको मन नभएका र अदालतले एमाले बनाएकाहरुले समानान्तर कमिटीको कुनै अर्थ छैन’ उनले भने, ‘हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेर्नेहरुले समानान्तर

बनाउनु ज्वारो आएको बेला खोकी लागेजस्तै हो ।’ एक महिनापछि माओवादी केन्द्रसँग मिसिने बाचा गरेर एमालेमा    आएकाहरुले समानान्तर कमिटी बनाउनुले केही अर्थ नराख्ने उनको तर्क थियो । ‘प्रचण्डले नै एक महिनाभित्र पार्टी कब्जा गर्नुहुन्छ नभए माधव नेपाल एमालेमा बस्नुहुन्न भनेका छन्’ मन्त्री ढकालले भने, ‘मनमा एमाले नभएका र अदालतले एमाले बनाएकाहरुले समानान्तर कमिटी बनाउनुको कुनै औचित्य छैन ।’ बिहीबार ओली समूहको बैठकले महाधिवेशन आयोजक कमिटी मात्रै गठन गरेको उतको तर्क थियो । महाधिवेशन आयोजक कमिटी गठन गर्दा विद्यानमा अध्यक्ष र महासचिव रहेन व्यवस्था भएका कारण अन्यको पद उल्लेख नगरिएको तर पद याथवत रहेको ढकालले बताए ।

माधव नेपालले समानन्तर कमिटी बनाउनु ज्वरो आउँदा खोकी लागेजस्तै हो’

यतिको टुनामुना त हामीलाई पनि आउँछ

Leave a comment

Your email address will not be published. Required fields are marked *