सेल्फी खिच्दै गर्दा चट्याङ, ११ जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानस्थित जयपुरमा मोबाइलबाट सेल्फी खिच्दै गर्दा चट्याङले भेटेपछि ११ जनाको ज्यान गएको छ। जयपुर राजस्थानको राजधानी हो।

जयपुरसहित राजस्थानका कयौं जिल्लामा आइतबार चट्याङसहित भारी वर्षा भएको थियो। चट्याङले भेट्दा त्यहाँ कम्तिमा २० जनाको ज्यान गइसकेको छ।

जयपुरको उत्तरी भागमा ११ मानिसको मृत्यु सेल्फी खिचिरहँदा भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

पानी परिरहँदा आमेर किल्लाको वाच टावरमा उनीहरूले सेल्फी खिचिरहेका थिए।

सो घटना हुँदा किल्लामा २७ जना रहेका र चट्याङ परेपछि धेरै मानिस त्यहाँबाट हाम फालेका थिए। घटनामा थप ११ जना घाइते भएका छन्।

उत्तर प्रदेशमा पनि आइतबार चट्याङसहित ठूलो वर्षा हुँदा कम्तिमा ४२ जनाको मृत्यु भएको भएको खबर बीबीसी हिन्दीमा छ।

सेल्फी खिच्दै गर्दा चट्याङ, ११ जनाको मृत्यु

भारत : यूपीमा जनसंख्या नियन्त्रण गर्ने प्रस्ताव

Leave a comment

Your email address will not be published. Required fields are marked *