प्रदेशस्तरीय पानी परिक्षण प्रयोगशालाकाे उद्घाटन

सुर्खेत । कर्णालीमा प्रदेशमा प्रदेश स्तरीय पानी परिक्षण प्रयोगशालाकाे उद्घाटन गरिएकाे छ ।  उक्त प्रयोगशालाकाे उद्घाटन सोमबार कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहकारी मन्त्री अम्मर बहादुर थापाले उद्घाटन गरेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत पूर्वाधार विकास निर्देशनालयले एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशालाकाे निर्माण हो ।

प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री थापाले प्रयोगशाला स्थापनापछि कर्णालीका नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित हुने विश्वास व्यक्त गरे । ‘पानीको स्वच्छता थाहा नहुँदा नागरिकहरु जस्तोसुकै पानी पिउन बाध्य भएका छन्’ मन्त्री थापाले भने, ‘प्रयोगशाला सञ्चालनपश्चात कर्णालीका सबै क्षेत्रको पानी परिक्षण गरि स्वच्छ पानी पिउने वातावरण सिर्जना हुने विश्वास लिएको छु ।’

खानेपानी कार्यालय मातहत राख्नुपर्ने पानी परिक्षण प्रयोगशाला प्राविधिक कारणले हाल पूर्वाधार निर्देशनालय मातहत रहेको मन्त्री थापाले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट अन्र्तगत एक करोड ७३ लाख ३० हजार लागतमा पानी प्रयोगशाला स्थापना गरिएको निर्देशनालयका प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए ।

निर्देशनालयका अनुसार सुर्खेतमा संघिय सरकार मातहतको पानी परिक्षण प्रयोगशाला भएपनि ठूलो क्षमताको पानी प्रयोगशाला पहिलो पटक स्थापना गरिएको हो ।

प्रदेशस्तरीय पानी परिक्षण प्रयोगशालाकाे उद्घाटन

पाँच विद्यार्थी संगठनले भने : संवैधानिक सर्वोच्चता

प्रदेशस्तरीय पानी परिक्षण प्रयोगशालाकाे उद्घाटन

राष्ट्रपतिले गरिन् राष्ट्रिय सभा अधिवेशन अन्त्य

Leave a comment

Your email address will not be published. Required fields are marked *