पाँच विद्यार्थी संगठनले भने : संवैधानिक सर्वोच्चता पुनर्स्थापना भयो

काठमाडौं । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले सर्वोच्च अदालतको फैसला संविधानको सर्वोच्चता र विधिको शासनको पुनर्स्थापना भएको बताएको छ ।

सोमबार पाँच विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी आन्दोलन, जनताको आन्दोलन,सार्वभौम अधिकारको सम्मान भएको बताएको हाे। ‘संयुक्त विद्यार्थी आन्दोलन संसद पुनर्स्थापनाको स्वागत गर्दै खुसी व्यक्त गर्दछ, फैसलाबाट संविधानको सर्वोच्चता र विधिको शासनको पुनर्स्थापना भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

संसद पुनर्स्थापना गर्ने फैसलाले आगामी दिनमा हुन सक्ने प्रतिगमनकारी, स्वेच्छाचारी र अधिनायकवादी शासनमा समेत लगाम लगाइदिएको पनि विज्ञप्तिमा उल्लेख छ।

अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो।

पाँच विद्यार्थी संगठनले भने : संवैधानिक सर्वोच्चता पुनर्स्थापना भयो

प्रदेश सरकार र स्थानीय तहको प्राथमिकतामा ग्रामीण

पाँच विद्यार्थी संगठनले भने : संवैधानिक सर्वोच्चता पुनर्स्थापना भयो

प्रदेशस्तरीय पानी परिक्षण प्रयोगशालाकाे उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *