राष्ट्रपतिले गरिन् राष्ट्रिय सभा अधिवेशन अन्त्य

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छिन्।
मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गराएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गत असार १७ गतेदेखि राष्ट्रिय सभा आव्हान गरेकी थिइन्। अधिवेशन १० दिन चल्न नपाइ अन्त्य गरिएको हो।
संघीय संसद सचिवालयले राष्ट्रिय सभाका सदस्यलाई जानकारी गराउन सूचना जारी गरेको हो। सोमबारको राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजे बस्नेगरी समय निर्धारण गरेको थियो।
गत पुसमा प्रतिनिधि सभाको विघटन गरिएपछि पनि राष्ट्रिय सभाको अधिवेशन एक हप्तामै अन्त्य गरिएको थियो।







