लक्षित वर्गलाई कुखुराका चल्ला

हुम्ला, २८ फागुन ।

हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्धारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा 

कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ । सोही वडाका ३१ घरधुरीलाई प्रति घर तीन जोडाका दरले गिरीराज जातका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका निमित्त प्रमुख चिनबहादुर शाहीले बताए । उनीहरुको व्यवसायका लागि एक मात्र कुखुरा

आधार बनोस् भन्दै कुखुरा वितरण गरेको शाहीले जानकारी दिए। गाउँपालिकामा पुगेका ३५० कुखुरामध्ये २७५ वितरण गरिएको थियो । बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताए ।

लक्षित वर्गलाई कुखुराका चल्ला

प्रविधिमैत्री पढाइप्रति विद्यार्थीको आकर्षण

लक्षित वर्गलाई कुखुराका चल्ला

तर सहमति कार्यान्वय हुनेमा भने ढुक्क छैनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *