ओलीबाको जित र प्रचण्डको हार भनेर लड्डु पनि बाँड्या छन्

हैन ! कमिनिष्टका नेताजीहरु, तपाइँहरुलाई त अदालतले नेकपाका अवैध सन्तान जस्तो बनायो त । चुनावाँ गठबन्धन गरीसरकार, त्यै सरकार र सदन भंग गराई नेतारु भागबण्डा र नेताहरु २ कित्ताँ बाँडाबाँड हुने अवस्था नी तिमीहरु (ओलीबा र प्रचण्ड) 

बैध हैनौ । नेकपाका बैध सन्तान त ऋषि कटेलसित छन् है । तिमीहरु २०७५ जेठ २ गतेको अवस्थाँ छौ भनेर अदालतले २३ गते निर्णय गर्देछि नेपालका कमिनिष्टहरुको त विजोग भाको देख्खियो त हँ । हुन त कतिले ओलीबाको जित र प्रचण्डको हार भनेर लड्डु पनि बाँड्या छन् । तर मैले देख्या चाँही बुद्धिभुट्टेका कमिनिष्टहरु तिमीहरुको पार्टी फुटालेर सँधैभरका लागि सत्ताबाट भाग्ने खेललाई रोक्ने एउटा अवसर अदालतले

दिएको छ । यही मौकाँ दुबैतिरका नेताहरु मिलर एउटै भएर निर्वाचन आयोगाँ गएर दल दर्ता गराउ र सत्ता चलाउ भन्या हो । पार्टी एकिकृत भएर चुनावाँ जाँदा कमिनिष्टले सजिलै सत्ता हाताँ लैजान्छन् भन्ने कुरा सबै तहका चुनाउले देखाई सक्या हुँदा कमिनिष्टहरुलाई एकचोटी सच्चिने अवसर कटेल मुद्दाले दिएको छ । त्यसैले यसैलाई अवसर ठानेर नेताहरु अघि बढे भने केही होला । अन्यथा यिनै पत्रकार

बाँडिएझैँ बाँडिरहने हो भने कमिनिष्टहरु मसानघाट पुगेभन्दा अप्ठेरो मान्न पर्दैन । के नेपालका कमिनिष्टहरुले एकचोटी चिन्तन गर्लान् ? ‘सौता रिसले पोइको काखाँ मुति’भन्ने राजनीति गर्नु भन्दानी जनताले कमिनिष्टलाई जसरी पत्याछन्, त्यसैगरी जनताको समृद्धिका लागि जुटनुपर्छ । निजी स्वार्थमा भाँडभैलो मच्चाएर हिँडनु भनेको

जनता र देशमाथि घात अन्तरघात र गद्धारी हो भन्ने कुरा महसुस गर्दै करिब ३ महिनादेखि हिँडेको छुट्टाछुट्टै बाटोलाई अब एकै ठाँ जोडिने गरी खनेर कमिनिष्टका सबै नेता एकसाथ हिँडने सोच बनाए भने कार्यकर्ता र पत्रकारको नि भलो होला । नहितो गइलभैंस पानीमे भन्ने बस्ने । कि कसो साथीभाईहरु ? –वेदषि

ओलीबाको जित र प्रचण्डको हार भनेर लड्डु पनि बाँड्या छन्

वन डिभिजन कार्यालयल रोकिदियो स्तरोन्नतिको काम

ओलीबाको जित र प्रचण्डको हार भनेर लड्डु पनि बाँड्या छन्

सजिलो छैन एमालेभित्र पुनर्मिलन

Leave a comment

Your email address will not be published. Required fields are marked *