जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन

काठमाडौं  । काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृत फेला परेकी नायिका जेनी कुँवरको सुसाइड नोट भेटिएको छ ।

बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।

अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् ।

ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’

‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्याको बाटो रोजेकी थिइन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फरेन्सिक चिकित्सकले शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेका छन् ।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइने एसएसपी सिंहले  बताए ।

जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन

सुर्खेतमा असार ३१ सम्म निशेधाज्ञा थप

जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन

अनन्तले ल्याए फिल्म ‘कुमारी’

Leave a comment

Your email address will not be published. Required fields are marked *