कोटको थुम्कामा महाशिवरात्रीमा भव्य कार्यक्रम

दुर्गा विसी
सिम्ता, २४ फाल्गुन ।
सिम्ता गाउँपालिका सुर्खेत सिम्ताको पर्यटकिय स्थल कोटको थुम्को परिशरमा महाशिवरात्रि महोत्सव–२०७७ संचालन हुने भएको छ । यही फागुन २७ गतेका दिन सिम्ता गाउँपालिका वडा नम्वर ४ को कोटेश्वर मन्दिर परिसरमा महाशिवशात्रीको अवशरमा महोत्शवको आयोजना गरिएको छ ।

 

संधै झै यो वर्ष पनि महाशिवरात्रीको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता र प्रटकिय क्षेत्र कोटको थुम्कामा भक्तालुहरुको भव्य उपस्थिति हुने गरेको पाइन्छ । स्थानीय तथा छिमेकि जिल्ला सल्यान जाजरकोट लगाएतका स्थानबाट थुम्कोमा रहेको मन्दिर हेर्न आउने गरेको पाइन्छ ।

कोटेश्वार विकास समिति, सिम्ता गाउँपालिका, सिम्ता खेल्कुद विकास समिति, कोटेश्वर युवा क्लब र सिम्ताली एकता समाजको आयोजना तथा समन्वयमा हुने कार्यक्रममा विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने छन् । पुरुष तथा महिला भविवल लगाएतका खेलहरु,स्थानीय कला,गला र संस्कृतिहरुको समेत प्रस्तुति गर्ने गरिएको छ । उक्त दिन सबैलाई सिम्ता गाउँपालिकाले समेत भव्य उपस्थिति जनाइ पर्यटन प्रवद्द्नमा टेवा पु¥याउन आह्वान गरेको छ ।

कोटको थुम्कामा महाशिवरात्रीमा भव्य कार्यक्रम

नक्कली लालपूर्जा बनाइ जग्गा बिक्री गर्ने ९

Leave a comment

Your email address will not be published. Required fields are marked *