महिला सशक्तिकरणका लागि शिक्षामा जोड

अमर सुनार
दैलेख, २४ फागुन ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देबकोटाले महिला सशक्तिकरणको निम्ति महिलाको शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । नारायण नगरपालिका र स्थानीय गैससहरुको संयुक्त आयोजनामा दैलेखमा भएको खुलासभामा सो धारणा राख्नुभएको हो ।

‘महिलाहरुलाई शिक्षामा अगाडि बढाउन सकेमा मात्र चेतना, क्षमता र आत्मनिर्भरता बनाउन जरुरी छ’ सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले आवश्यकता दर्शाउनुभयो । त्यसबखत नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर चालिसेले राजनीतिक जागरणले महिला सशक्तिकरण बढेको तर सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

नारायण नगरपालिका उपमेयर सावित्री मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका तप्ता थापा, नेपाल महिला संघका केन्द्रीय सदस्य निर्मला खड्का, सामाजिक विकास कार्यालयका निमित्त प्रमुख लिलाराम सापकोटा लगायतले बोल्नुभएको थियो । गणेशचोकबाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि टुडिखेल खुलामञ्चमा कार्यक्रम भएको थियो । कार्यक्रममा म्यूजिकल चियर, घैंटो फुटाउने खेल र साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

महिला सशक्तिकरणका लागि शिक्षामा जोड

कर्णाली करिडोरको निर्माणले गति लिँदै विकटमा विकास

Leave a comment

Your email address will not be published. Required fields are marked *