जमिन उपलब्ध गराउन बादी समुदायको आग्रह

सल्यान, २४ फागुन ।

भुमिहीन तथा सुकुम्बासीहरु जीवन बिताइरहेका सल्यानका बादी समुदायले बास एक टुक्रा जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले आफ्नो नाउँमा एक टुक्रा जमिन पाएको देख्ने एउटा मात्र धोको रहेको बताएका छन् । 

सल्यानमा आयोजित भए कार्यक्रममा उनीहरुले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जीविकोपार्जन गर्ने चाहना रहेका बताए । पुस्तौंदेखि एलानी जग्गामा बस्दै आएको तर आफ्नो नामा एक टुक्रा पनि जमिन नभएको शारदा

नगरपालिका–३ संगीतटोलकी अनिता गन्दर्भले बताइन् । उनले भनिन्, ‘आफूजस्तो सुकुम्बासी आउँदो पुस्ता नबनोस्, छोराछोरीको साथम जग्गाधनीको प्रमाण पत्र होस्

।’ आफ्नो नाममा जग्गा नहुँदा केही पेशा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला बादीले बताइन् । ‘एलानी जग्गामा एउटा घर छ तर त्यसबाहेक एक बोट खुर्सानी रोप्ने ठाउँसँम्म छैन,’ उनले भनिन्, ‘कि सरकारले हामीलाई अन्य कुनै रोजगारीको व्यवस्था गर्नु प¥यो कि अलिकति भए पनि जग्गा दिनु प¥यो ।’

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको भूमिसम्बन्धी समस्या समाधान आयोग सल्यानका

अध्यक्ष लोकबहादुर डाँगीले बताए । नेपालमा २०११ सालदेखि भूमि समस्या समाधान गर्न पहल भइरहे पनि यस आयोगले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने दावी गरे । जिल्लामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य भइरहेको बताए ।

जमिन उपलब्ध गराउन बादी समुदायको आग्रह

कर्णाली शिक्षालय अस्तव्यस्त

जमिन उपलब्ध गराउन बादी समुदायको आग्रह

व्यूँतिए एमाले र माओवादी केन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *