थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनामा गरिएको परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ८ सय ३५ जनाको पीसीआर विधि र ४०६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३ सय ३३ संक्रमित निको भएर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ भने निको हुनेहरुको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३३ लाख ९१ हजार ३७९ जनाको परीक्षण गरिएको छ भने २ लाख १७ हजार ४२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

माओवादी केन्द्र खारेजको माग गर्दै बादल पक्षको

Leave a comment

Your email address will not be published. Required fields are marked *