रुपा सुनारको रिटमा सर्वाेच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

काठमाडाैं । सर्वोच्च अदालतले जातीय विभेदसँग सम्बन्धित घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उनलाई जवाफका लागि १५ दिनकाे समय दिएको हो। रिटमा अन्तरिम आदेश जारी हुने नहुने विषयमा दुबै पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको छ ।

जातीय विभेदको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन झण्डावाल गाडीमा प्रहरी कार्यालय पुगेका श्रेष्ठविरुद्ध रुपा सुनारले मुद्दा हालेकी थिइन्।

जातकै आधारमा आफूलाई प्रधानले कोठा भाडामा नदिएको आरोपमा रुपाले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

हेर्नुहोस् आदेश

रुपा सुनारको रिटमा सर्वाेच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८

रुपा सुनारको रिटमा सर्वाेच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *