माओवादी केन्द्र खारेजको माग गर्दै बादल पक्षको निवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी केन्द्र छाडेर एमाले गएका रामबहादुर थापा ‘बादल’ समूहले निवेदन दिएको हो।

माओवादी केन्द्रले दलको हैसियत गुमाइसकेको भन्दै निर्वाचन आयोगमा रिट परेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘उहाँहरुले दल दर्ता खारेजीको निवेदन पेस गर्नुभएको छ । त्यस विषयमा सचिवालयमा अध्ययन हुन्छ। अध्ययनपछि आयोगमा पेस गरेपछि निर्णय लिन्छौँ’, उनले भने ।

माओवादी आफैंमा अवैध भएकाले त्यसले गरेको कारबाही कुनै हालतमा वैध नहुने बादल समूहका नेता लीलबहादुर थापाले बताए ।

‘९ वर्षदेखि पार्टीको महाधिवेशन गर्न सकेको छैन’, उनले भने, ‘जुन पार्टीको अध्यक्ष नै अवैध छ। त्यही पार्टीको केन्द्रीय कमिटीले हामीलाई कारबाही गर्ने र सांसदलाई हटाउन मिल्दैन।’

नेकपाको एकता भंग भएपछि बादलसहित टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेता एमालेमै बसेका थिए। तर, माओवादीले पार्टी छाडेर गएका सांसदहरुलाई कारबाही गरेपछि सांसद पदसमेत गुमेको थियो ।

माओवादी केन्द्र खारेजको माग गर्दै बादल पक्षको निवेदन

पटके लोडसेडिङबाट दिक्क, अन्त्य गर्न व्यवसायीको २

माओवादी केन्द्र खारेजको माग गर्दै बादल पक्षको निवेदन

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८

Leave a comment

Your email address will not be published. Required fields are marked *