पटके लोडसेडिङबाट दिक्क, अन्त्य गर्न व्यवसायीको २ दिने अल्टिमेटम

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हिजोआज हुँदै आएको पटके लोडसेडिङ अन्त्य गर्न व्यवसायीले २ दिने अल्टिमेटम दिएका छन्।

२ दिनभित्र पटके लोडसेडिङ अन्त्यको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।

पटके लोडसेडिङले सबै व्यवसाय तथा उद्योग कलकारखाना मारमा परेको भन्दै ध्यानाकर्षण पत्रमार्फत २ दिनको समय दिएर अन्त्य गर्न सुझाव दिइएको संघका अध्यक्ष धनबहादुर रावतले बताए।

उनका अनुसार २ दिनको समय दिएर समस्या सुधार गर्न लगाइएको छ। अन्त्यथा समास्या समाधान नभए आन्दोलनमा उत्रने व्यवसायीहरूले चेतावनी दिएका छन्।

संघका महासचिव लक्ष्मण कँडेलले नेपाल विद्युत् प्राधिकरणका डिएमडी हरराज न्यौपानेसँग सुर्खेतमा विद्युत् प्रसारणको समस्याबारे कुरा राख्दै तत्काल समस्या सुधार गर्न अनुरोध गरे।

गुनासो सुन्दै डिएमडी न्यौपानेले सुर्खेतबाट पहिलो पटक यसरी कुरा आएको बताउँदै सुर्खेतको विद्युत् प्रसारणमा भएका समस्याहरूलाई समाधानका लागि पूर्ण रूपमा लागि पर्ने बताएका छन्।

पटके लोडसेडिङबाट दिक्क, अन्त्य गर्न व्यवसायीको २ दिने अल्टिमेटम

रानीखेत रोगले दुई हजारभन्दा बढी कुखुरा मरे

पटके लोडसेडिङबाट दिक्क, अन्त्य गर्न व्यवसायीको २ दिने अल्टिमेटम

माओवादी केन्द्र खारेजको माग गर्दै बादल पक्षको

Leave a comment

Your email address will not be published. Required fields are marked *