रानीखेत रोगले दुई हजारभन्दा बढी कुखुरा मरे

दैलेख । नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण २ हजार बढी कुखुरा मरेका छन्। कुखुरा मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परीक्षणबाट कुखुरामा रानीखेत रोग प्रमाणित भएको हो।

स्थानीयका कुखुरा मर्न थालेपछि त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्दा मरेका कुखुरामा रानीखेत रोग प्रमाणित भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका नायव पशु सेवा प्राविधिक टेक कुँवर बताए।

पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बाहिरबाट कुखुरा ल्याएर स्थानीयलाई वितरण गरिएका कारण रोग फैलिएको हुनसक्ने बताए।

रोग फैलिएको क्षेत्रबाट कुनै पनि पशुपन्छी अन्यत्र ओसारपसार नगर्ने र कुखुराको खोप लगाए रानीखेत नियन्त्रणमा आउने उनले बताए। नौमुले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले भने गाउँपालिकाको अनुमतिबिना स्थानीयलाई कुखुरा वितरण गरिएको बताए। उनले कुखुरा मरेका भन्ने खबर आएकाले वितरण गर्ने कम्पनी तथा व्यक्तिलाई छानबिन गरी कारबाही गरिने बताए।

रानीखेत रोगले दुई हजारभन्दा बढी कुखुरा मरे

पटके लोडसेडिङबाट दिक्क, अन्त्य गर्न व्यवसायीको २

Leave a comment

Your email address will not be published. Required fields are marked *