१४ वर्षको अन्तरालमा ट्र्याक खुलेपछि राकम ठिग्नि-घोरेरि सडक उद्घाटन

दुर्गा विसि 

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं  ६ को ठिग्नि र घोरेरि टोलमा पहिलोपटक गाडि पुगेको छ । करिब २ करोड वढि रकम खर्चेर सडक निर्माण भएको छ ।ठिग्नि र घोरेरि,चिउरिवगर हुदै वडा ७ को बैशपानीमा सम्म उक्त सडक पुर्‍याउने लक्ष्य लिएको छ ।

आव २०७७/०७८ को वजेटमा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा करिव ७० लाख खर्चेर गाउँमा सडक पुगेको हो । ठिग्नि,घोरेरि सडक सञ्जाल जोड्दा भिरवेटि भिरमा भने निकै मोटो रकम खर्च भएको जनाएको छ।ठुलो पहर लागेकोले ब्रेकरबाट र चटानि रकका कारण सडक खन्न निकै असजिलो भएको थियोे ।

सडक स्तरवृद्दिमा स्थानीयले जोड दिन आग्रह गरेका छन् ।ट्र्याक खुले पनि अझै सडकमा सवारीसाधनमा आवतजावत गर्न कठिनाइ हुने देखिएको छ । थप वजेटको व्यवस्थापन गरिदिन सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि र सुर्खेत क्षेत्र नं १ का प्रदेश सभा सदस्य तथा नेकपा माओवादि केन्द्र कर्णाली प्रदेश सचेत ठम्मर विष्टलाइ स्थानीयले विशेष आग्रह गरेका छन् ।

१४ वर्ष पछि सडक पुगे पछि स्थानीयले जनप्रतिनिधिलाई भव्य स्वागत गरेका छन् ।सडक उद्घाटन कार्यक्रममा स्थानीय भद्रवहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रम ,नेपाली कांग्रेसका सुवर्ण वहादुर वुढा,माओवादि केन्द्रका झुपवहादुर बुढा,नेकपा एमालेका ललित सिंह,वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरि,उपाध्यक्ष चन्द्र कला शाहि,गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि,माननीय ठम्मर विष्ट लगाएतका वक्ताले मन्तव्य राखेका थिए ।सडक वने पछि प्रदेश संसद विष्टले १ सय वढि घरधुरीका ५ सय जना नागरिक लाभान्वित हुने बताए ।

सडकको ट्र्याक खोल्ने कार्यमा वडा अध्यक्ष सिंह,प्रदेश संसद विष्ट गाउँपालिका अध्यक्ष केसिको अहम भुमिका रहेको छ । स्थानीयले गाउँ सडक पुर्‍याउन हातेमालो गर्ने सबै महानुभावलाइ कार्यकमै स्वागत र धन्यवाद समेत दिएका छन् । गाउँपालिकाको ६ नं वडाको नजिकैको ठिग्नि र घोरेरि टोल भए पनि भिरवेटि भिरमा कडा चटान र तल भेरि भएकै कारण सडक खन्न निकै चुनौतीपूर्ण रहेको थियोे । चुनौती भए पनि ती टोल वस्तिमा सडक सञ्जाल पुर्‍याउन गाउँपालिका सफल भएको छ । साथै सडक सञ्जाल उक्त वस्तिमा पुगे पछि गाउँपालिका अध्यक्ष सहितको टोलि गाडि चाढेर सडक उद्घाटन गर्न ठिग्नि पुगेको थियो ।

१४ वर्षको अन्तरालमा ट्र्याक खुलेपछि राकम ठिग्नि-घोरेरि सडक उद्घाटन

हाइटीका राष्ट्रपतिको हत्या

१४ वर्षको अन्तरालमा ट्र्याक खुलेपछि राकम ठिग्नि-घोरेरि सडक उद्घाटन

रानीखेत रोगले दुई हजारभन्दा बढी कुखुरा मरे

Leave a comment

Your email address will not be published. Required fields are marked *