भारतमा थप ४३ हजार संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ संक्रमित भएका छन् ।

योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा संक्रमित अवस्थामै रहेकाको संख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

अहिलेसम्म कुल संक्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय संक्रमित रहेका हुन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाको संख्या दुइ करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ।

ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन्। यो तथ्यांक अनुसार भारतमा अहिले संक्रमणमुक्त भएकाको कुल संख्या ९७.१८ प्रतिशत रहेको छ। भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ ओटा स्वाब परिक्षण गरिएको छ। ती मध्ये १९ लाख सात हजार २१६ जना पछिल्लो एक दिनमा गरिएको हो।

भारतमा थप ४३ हजार संक्रमित

युरोप छिर्ने आशामा ज्यानको बाजी थापेर इरानबाट

भारतमा थप ४३ हजार संक्रमित

हाइटीका राष्ट्रपतिको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *