२०८३ जेष्ठ ३० गते
×

Now Playing

सुदूरपश्चिम सरकारले थाल्यो प्रदेश प्रहरी गठन प्रक्रिया

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको छ। प्रदेश सरकार गठन भएको करिब ४० महिनापछि प्रक्रिया थालनी भएको हो। बुधबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी छन्।

प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएसँगै अब प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी प्रक्रिया अघि बढ्ने बताइएको छ।

नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो। यसअघि संघीय प्रहरी ऐन जारी भएको थिएन। ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको थियो। संघीय प्रहरी ऐन जारी हुँदा पनि कारणवश प्रदेशमा प्रहरी समायोजनको काम विलम्ब भएको मन्त्री जोशीले बताइन्।

प्रदेशमा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी आवश्यक रहेको उनको प्रदेश प्रहरी गठन प्रक्रिया बढाइएको बताइन्।

‘प्रदेशमा हुने विपद् व्यवस्थापन द्वन्द्व व्यवस्थापन तथा प्रदेशभित्र शान्ति सुरक्षाको लागि प्रदेश सरकार र प्रदेश को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्वयं परिचालन गर्न पाउने प्रहरी प्रशासन आवश्यक थियो’, उनले प्रदेश सभामा भनिन्।

सुदूरपश्चिम सरकारले थाल्यो प्रदेश प्रहरी गठन प्रक्रिया

महिला एसियाकप छनोटका लागि प्रारम्भिक चरणमा ४५

सुदूरपश्चिम सरकारले थाल्यो प्रदेश प्रहरी गठन प्रक्रिया

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४० लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *