महिला एसियाकप छनोटका लागि प्रारम्भिक चरणमा ४५ खेलाडी (नामावलीसहित)

काठमाडाैं ।  घरेलु मैदानमै आयोजना हुने एएफसी महिला एसिया कप छनोट तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीले आगामी साताबाट अभ्यास सुरू गर्ने भएको छ।

राष्ट्रिय महिला टोलीका प्रशिक्षक ग्यारी फिलिप्सिले ४५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

१८ जुलाईबाट सुरु हुने प्रशिक्षणमा ५ गोलरक्षकलाई प्रारम्भिक टिममा स्थान दिइएको छ। नेपाल, फिलिपिन्स र हङकङ सम्मिलित समूह एफको खेल दशरथ रंगशालामा हुने कार्यतालिका रहेको छ।

एएफसी महिला एसिया कपको समूह चरणको खेलका लागि सेप्टेम्बर १३ देखि २५ सम्मको मिति तय गरेको छ।

लामो समयपछि राष्ट्रिय टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी टिमको अभ्यासमा हुने छैनन्। महिला लिगका दौरान घुँडामा चोट लागेका कारण सर्वाधिक गोलकर्ता भण्डारी मैदानबाहिर छिन्। हाल उनी उपचार क्रममा कतारमा छिन्।

प्रारम्भिक चरणमा बोलाइएका खेलाडीहरू

अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रीति राई, निशा थोकर, सृजना चेम्जोङ, हीरा कुमारी भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दीपा राई, सपना लामा, रश्मि घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैसी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुस्वार, सरस्वती हमाल, अमिसा कार्की, कुशुम खतिवडा, सृजना सिंह, सबिता राना, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङा राई।

तस्बिर साैजन्य : एन्फा

महिला एसियाकप छनोटका लागि प्रारम्भिक चरणमा ४५ खेलाडी (नामावलीसहित)

युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क

Leave a comment

Your email address will not be published. Required fields are marked *