युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क भिड्दै

एजेन्सी । युरो कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन्। इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

आज इङ्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। यी दुई ठुला टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।

इङ्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो। यस्तै राउण्ड अफ १६ मा इङ्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो। इङ्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा इङ्ल्याण्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ। दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ।

युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क भिड्दै

महिला एसियाकप छनोटका लागि प्रारम्भिक चरणमा ४५

Leave a comment

Your email address will not be published. Required fields are marked *