कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाकाे फाइनलमा

एजेन्सी । कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। केहीबेर अघि सकिएकाे खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले हरायो।

कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका थिए। त्यस्तै अर्जेन्टिनाबाट रोड्रीगो डी पाउलले पेनाल्टी मिस गरेका थिए। निर्धारित ९० मिनेटमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

यस अघि ९० मिनेटको खेलमा अर्जेन्टिनाका लागि लाउतारो मार्टिनजले खेलको सातौ मिनेटमा गोल गरेका थिए भने कोलम्बियाका लागि लुइस डियाजले खेलको ६१औ मिनेटमा गोल गरेका थिए।

योसहित अर्जेन्टिना २९औ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ। पछिल्लो पटक २०१६ मा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो। अर्जेन्टिनाले १९९३ यता कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन। अब अर्जेन्टिना फाइनलमा ब्राजिलसँग खेल्ने छ। फाइनल खेल नेपाली समय अनुसार शनिबार बिहान हुने छ।

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाकाे फाइनलमा

स्पेनलाई हराउँदै इटाली युरो कपको फाइनलमा

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाकाे फाइनलमा

युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क

Leave a comment

Your email address will not be published. Required fields are marked *